काठमाण्डौ,२ चैत्र । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि आक्रमण भएको छ । कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आफूमाथि कुर्सी प्रहार गरेको जोशीले बताए ।‘बैठकको एजेण्डामा नै छलफल भएको थिएन, ७ नम्बर वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले कुर्सीले हाने, म अहिले प्राथमिक उपचार गराएर डडेल्ुधरा अस्पताल जाँदैछु’, जोशीले भने । कुर्सी प्रहारबाट जोशीको टाउकोमा चोट लागेको छ ।
वडा नं ७ का वडाध्यक्ष कर्णबहादुर धामीका अनुसार बैठकमा मेयर भरत बडायर जोशीले एजेण्डा राखेपछि उपमेयर विमलाकुमारी जोशीले त्यसमाथि धारणा राख्दै थिइन् । त्यही क्रममा केही कार्यपालिका सदस्यले उपमेयरमाथि अमर्यादित टिप्पणी गरेपछि विवाद सुरु भएको वडाध्यक्ष धामीले बताए । वादविवादपछि दोहोरो हानाहान भएको भन्दै उनले आफूले भने कुर्सी नहानेको दाबी गरे । ‘मेयर र कर्मचारी प्रमुख नै मिलेर घटनालाई उत्तेजित बनाउने कार्य भयो, त्यही बेला म लगायत केही साथीहरुले सहजीकरण गर्न खोजेको हौं । कुर्सी हानेको भन्ने कुरा गलत हो ।’
प्रमुख प्रशासकीय अधिकृत भागदौडका क्रममा फर्निचरमा ठोक्किएको हुन सक्ने उनको जिकिर छ । ‘घटनाको अब राजनीतिक रुपमा हल खोजिनेछ, टाउको फुटाएको होइन, उहाँ चिप्लेको अथवा कतै ठोक्किएको हुन सक्छ । यसको जिम्मा मेयरले लिनुपर्छ’, धामीले भने ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution