काठमाण्डौ, ५ चैत्र । नेपाली सुगम संगीतमा लोकप्रिय गायिका बबिना भट्टराईको नयाँ गीत “टुना मुना“ सार्वजनिक भएको छ । उक्त गीतमा गायिका बबिना र गायक बैकुण्ठ प्रधानको स्वर रहेको छ भने बबिना लोकप्रिय कलाकार बुद्धि तामाङको अभिनय रहेको छ ।
भिडियोमा लोकप्रिय कलाकार बुद्धि बुद्धि तामाङ संग गायिका भट्टराई छम छम नाचेकी छन् । युवा र युवतिको फकाउने र तर्किने शब्द समेटेर गीतका शब्द तयार गरिएको छ भने गीतको शब्द र संगीत समेत बबिना भट्टराईको नै रहेको छ ।
महाराज थापाले संगीत संयोजन गरेको गीत नकुल कार्कीले रेकर्ड गरेका हुन् । गीतको भिडियो प्रकाश खड्काको समुहले खिचेको हो । भिडियोमा केशव राज भट्टको कोरियोग्राफी र निर्देशन रहेको छ । माया प्रेम समेटिएको गीतलाई दर्शकले अत्यधिक मन पराएका छन् । भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।
बबिना भट्टराईको शब्द, संगीत र स्वर रहेको गीतमा आफूले स्वर दिन पाएकोमा आफू खुसी अनि आनन्दित भएको बताउँछन् टुनामुना का गायक बैकुण्ठ प्रधान । विगत वर्षदेखि बबिना संगको सहकार्यमा गीत संगीत र भक्ति संगीतमा सहकार्य गर्दै आइरहेका उनी बबिना भट्टराईको संगीत कला र गला अनि काम गर्ने शैलीले आँफू प्रभावित भएको र आगामी दिनहरुमा पनि बबिना संगको सहकार्यमा गीत तथा भजनहरु दर्शक, श्रोता माझ ल्याउने बताएका छन् ।
टुनामुना गीत लेखेर आँफूलाई गीतकारको रुपमा समेत प्रस्तुत गरेकी छिन् गायिका भट्टराईले । गीतको भिडियोमा आँफैले अभिनय गरेर उनले आँफू भित्र लुकेको नृत्य प्रतिभा पनि सार्वजानिक गरेकी छिन् उनको अभिनयलाई दर्शक, श्रोताले मन पराएका छन् । आफ्नो अभिनय हेरेर अन्य म्युजिक भिडियोहरुमा अभिनयको प्रस्ताव समेत आएको बताउने बबिना आफ्नो मूल कर्म गायन र संगीतनै भएकोले यहि क्षेत्रबाट नै आफ्नो पहिचान र परिचय स्थापित गर्ने बताउँछिन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution