काठमाण्डौ, २१ चैत्र । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै राजीनामा दिने सम्भावना छ । उनले यसअघि मंगलबार दलका सांसदहरूसँग पनि राय लिएका छन् । उनी राजीनामा दिएर उपधारा (३) अनुसार पुनः मुख्यमन्त्री बन्ने दाउमा छन् ।
गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक बस्दै छ । मुख्यमन्त्री कार्यालयमा अहिले ११ बजे बैठक डाकिएको हो । बैठकले केही निर्णयहरू गर्ने बताइएको छ । मुख्यमन्त्रीको राजीनामाबारे पनि अनौपचारिक छलफल हुनेछ ।
त्यसबाहेक केही विधेयकहरू प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय बैठकले गर्ने बुझिएको छ । अहिले क्याबिनेटमा कांग्रेस र स्वतन्त्र सांसद मन्त्री छन् । ७ सदस्यीय क्याबिनेटमा यसअघि माओवादीका २ मन्त्री थिए । केन्द्रको समीकरण बदलिएपछि मुख्यमन्त्रीले २२ फागुनमा दुवै मन्त्रीलाई बर्खास्त गरिदिए ।
त्यसपछि रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई नियुक्त गरिएको हो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी महेन्द्रध्वज जिसीले पाएका छन् । समाचार रातोपाटी ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution