


काठमाण्डौ, २२ चैत्र । पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा बयान दिन योग गुरू बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित भएका छन्। सर्वोच्चले उनीहरूलाई आफ्नो निर्देशनको पालना नगरे कारबाही भोग्नको लागि तयार रहन भनेपछि उनीहरु दुवैजना मंगलबार भारतीय सर्वोच्च अदालतमा हाजिर भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ । पतञ्जलीले गत महिना उक्त विषयमा माफी मागे पनि अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो ।
अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताएका छन्। रामदेवका वकिलले भनेका छन्, ‘हामी माफी माग्न चाहन्छौं र अदालतले जे भन्छ त्यही गर्न तयार छौं।’
सर्वोच्च अदालतले २७ फेब्रुअरीमा पतञ्जलीलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो। साथै सर्वोच्चले यस मामिलामा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारको पनि ध्यानाकर्षण गरेको थियो। सर्वोच्चले भनेको थियो, ‘ केन्द्र सरकारले पतञ्जलीमाथि कारबाही नगर्नू दुर्भाग्यपूर्ण हो। सरकारले यस मामिलामा तुरून्तै कारबाही गर्नुपर्छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution