काठमाण्डौ,१७ बैशाख । पल शाह चलचित्रमा फर्किएपछि आए मिडियामा, हत्कडी लगाएरै फिल्म हेर्नजान्छु भन्दा नपाएको सम्झेर बने भावुक..,(भिडियो हेर्नुस्) । रोमान्टिक चरित्रमार्फत दर्शकमाझ देखिँदै आएका अभिनेता पल शाह आगामी फिल्म ‘रावायण’मा एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । छायांकन तयारीमा रहेको यो फिल्मको लागि शाह अहिले एक्सन कोरियोग्राफी सिकिरहेका छन् ।
निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चा पाइरहेको फिल्मको शीर्ष भूमिकामा पल र पूजा शर्मा छन् । एक्सन कोरियोग्राफर श्री श्रेष्ठले पललाई एक सातादेखि एक्सन कौशलको अभ्यास सिकाइरहेका छन् । दुईवर्षपछि फिल्ममा फर्कने तयारीमा रहेका पलले सोसल–ड्रामा ‘पूजार सार्की’पछि ‘रावायण’मा काम गर्न लागेका हुन् ।
चरित्रको आयामको हिसाबले पलका पछिल्ला फिल्म भिन्न हुने देखिएको छ । निर्देशक थापाले बैशाख अन्त्यदेखि ‘रावायण’को छायांकन थाल्दैछन् । सुदर्शन थापा प्रोडक्सन र पुजा शर्मा प्रोडक्सनको ब्यानरमा फिल्म बन्न लागेको हो ।
यो फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution