काठमाण्डौ,२४ बैशाख । तरंग एल्बम बाट चर्चाको शिखरमा पुगेकी गीतकार, साहित्यकार, कमला न्यौपानेको (यो हाम्रो झण्डा ) गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार साहित्यकारमा पर्दछीन गीतकार कमला न्यौपाने, |
निरन्तर आफ्नो सृजनालाई स्रोता दर्शक माझ पस्किने क्रममा अहिले भने उनले राष्ट्रियतालाई आत्मसात गर्दै, नेपालीको उच्च मान,नेपालीको शान सुर्य चन्द्रमा सुशोभित राष्ट्रिय झण्डा प्रतिको मायामा ओतप्रोत (यो हाम्रो झण्डा) बोलको गीतको भिडियो, आफ्नै यूट्यूब च्यानल तरंग वेभ क्रियशनको बाट सार्वजनिक गरेकी छन् |
सार्वजनिक उक्त गीतमा लोकप्रिय संगीतकार येदीन गजमेरको संगीत, संजीव बराइलीको संगीत संयोजन रहेको छ, गीतलाई गुञ्जन रेकर्डीङ स्टुडियोमा रेकर्ड गरिएको हो, गीतमा मिक्सिंग मास्टरिङ कृष्ण कुमार महर्जनले गरेका हुन ।
आवाज भने लोकप्रिय सदाबहार गायक रामकृष्ण ढकालको रहेको छ । गीतको भिडियोमा निर्देशन युवराज वाईवा , छायांकन निश्चल पौडेल, सम्पादन बिकाश दाहालको रहेको छ, ।
भिडियोमा उम्दा कलाकार नरेश भट्टराई, कमल शिंह र कबिता न्यौपानेको रास्ट्र राष्ट्रियता र झण्डा प्रतिको माया समर्पण सहितको मनमोहक अभिनय देख्न पाईञ्छ ।
भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् । आउनुहोस हेरौं उक्त राष्ट्रिय गीतको पुरा भिडियो र हामी पनि राष्ट्रियप्रेममा मग्न हौँ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution