काठमाण्डौ २४ बैशाख । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आफ्नो सदस्य लक्ष्मण कुँवरलाई आर्थिक सहयोग गरेको छ । समाजका सदस्यद्धय सुरेन्द्र बसेल र देवेन्द्र कुँवरको संयोजनामा लक्ष्मणलाई आर्थिक सहयोग गरेको हो । नेपाल म्युजिक भिडियो निर्देशक समाजका साधारण सदस्य गुल्मी निवासी लक्ष्मण कुँवरको गत साता डढेलोको कारण भएको आगलागीबाट घर र गोठ जलेर लाखौको क्षति भएको थियो ।
यस बिशम परिस्थितिमा थोरै भए पनि राहत होस भनेर समाजको कार्यसमिति तथा पदाधिकारीहरुले व्यक्तिगत तवरबाट १५ हजार रुपैयाँ आर्थिक सँकलन गरेर म्युजिक भिडियो निर्देशक लक्ष्मण कुँवरलाई काठमाडौंमा एक समारोहबीच प्रदान गरिएको हो ।
नेपाल म्युजिक भिडियो निर्देशक समाजको गत साता सम्पन्न तेश्रो साधारण सभाबाट वविता श्रेष्ठ मलेकुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । यो कार्यसमितिले साधारण सदस्य लक्ष्मणलाई आर्थिक सहयोग गरेर आफ्नो काम सुरु गरेको छ । समाजका सदस्यहरुको हक हितामा स्थापित संस्थाबाट भोलीका दिनमा पनि निरन्तर सहयोग गर्दै जाने अध्यक्ष वविताले बताईन् । सहयोग प्रदान कार्यक्रममा समाजका महासचिब दयाराम घिमिरेले आउँदा दिनको भावी योजनाबारे प्रकाश पारेका थिए ।
सो अािर्थक सहयोग समारोहमा समाजका प्रथम उपाध्यक्षमा डि आर सुजन, द्धितीय उपाध्यक्ष जनक सिंह, सचिव प्रविण थापा, सह कोषाध्यक्षत अञ्जन पुडासैनीलगायत कार्यसमिति पदाधिकारी उपस्थित थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution