काठमाण्डौ,८ जेष्ठ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलालाई ‘प्रतिगमन’को संज्ञा दिएका छन् । प्रतिगमनको हल्ला गर्दै वास्तविक प्रतिगमन भएको उनले टिप्पणी गरेका छन् । पार्टीको केन्द्रिय समिति बैठकलाई सम्वोधन गर्द ओलीले भने, प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन हो अदालतको फैसला ।
समयमै पलाएको एजेरु उखेल्न नसक्नु हाम्रो कमजोरी रह्यो । पार्टीभित्र उत्पन्न विवाद र विभाजनको अवस्थालाई ओलीले माउसुलीको पुच्छरको उदाहरणसहित व्याख्या गरेका थिए । उनले भने, ‘माउसुलीले कहिलेकाहीँ पुच्छर फाल्दिन्छ । तर, त्यो कारण उ आत्तिदैन किनकि पुच्छर तुरुन्तै पलाउँछ । अहिले हामीले पुच्छर फाल्नु परे पनि तयार हुनु पर्ने बेला आएको छ ।
वरिष्ठ नेता नेपालले वर्गविरोधि तथा कम्युनिष्ट विचार र जनताका विरोधिसँग साँठगाँठ गरेको आरोप ओलीले लगाएका छन् । नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखिने उनले टिप्पणी गरेका छन् । अदालतको फैसला पनि संसारमै नयाँ रेकर्डका रुपमा रहने ओलीको भनाइ रहेको थियो ।
एकताका लागि आफूले अझै प्रयास जारी राख्ने ओलीले बताएका छन् । उनल भने, ‘मसँग अझै आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर उता लागेका सबैलाई आफ्नो राजनीतिक जीवन बचाउन, आन्दोलन बचाउन अनुरोध गर्दछु ।
एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने असम्भब सपना नदेख्न देउबा र प्रचण्डलाई सचेत गराउँछु । ओलीले भने, ‘म यो अन्तिम क्षणमा साथीहरुलाई भन्छु, पार्टी एकतामा आउनुहोस् । नत्र भोलि पुस्पलाल स्मृति दिबसको कार्यक्रम सकिएपछि ३ बजे फेरि बैठक बस्छ र उचित निर्णय गर्छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution