५ शर्तमा रबि लामिछाने पुनः गृहमन्त्रीमा नियुक्त आयो एस्तो खबर जुन तथ्य हिन भएको छ । केटीम खबर युटुब च्यानेल ले यो भिडियो बनाएको हो । सम्पूर्ण कुरा भिडियो मा उलेख गरिएको छ ।
‘राजतन्त्र स्वार्थी, फटाहा र मुर्खले मान्ने’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण रहेको राप्रपाले जनाएको छ ।
एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजतन्त्र स्वार्थी, फटाहा, मुर्ख, अज्ञानी, दलाल र बुद्धि नभएकाहरुले मान्ने अभिव्यक्ति दिएका छन् । उक्त अभिव्यक्तिप्रति राप्रपाले आपत्ति जनाउँदै आफ्नो अभिव्यक्ति फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गरेको छ ।
ओलीको अभिव्यक्ति आपत्ति र दुर्भाग्यपूर्ण रहेको र यसले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुगेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । ओलीको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण रहेको बताउँदै प्रवक्ता श्रेष्ठले प्रश्न गरेका छन्, ‘२०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’
एमाले अध्यक्ष ओलीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठलेलेखेका छन्, ‘राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। राजसंस्था मान्नेहरु फटाहा,|
मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन् । आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ । सँगसँगै प्रश्न पनि गर्न चाहन्छु– ०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution