काठमाण्डौ,२५ जेष्ठ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले एक महिनाअघि मात्रै आफूहरु आमाबाबु बन्न लागेको घोषणा गरेका थिए । यसैबिच सामाजिक सञ्जालमा यतिबेला रणवीर र दीपिकाको सम्बन्ध चिसिएको खबरले चर्चा पाइरहेको छ । रणवीर सिंहले इन्स्टाग्राममा आफ्नो बिहेको तस्बिरहरू हटाएपछि यो हल्ला सुरु भएको हो ।
रणवीरले हालै इन्ष्टामा २०२३ अघिका सबै पोस्टहरू हटाएका थिए । उनले हटाएका पोस्टमा विवाहका तस्बिरहरू पनि थिए । यी तस्बिरहरू मेट्ने बित्तिकै, फ्यानहरूले उनीहरूको विवाह सङ्कटमा रहेको भविष्यवाणी गर्न थालेका थिए । उनीहरूको वैवाहिक सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा बढ्दै गएको छ ।
अभिनेताले बिहेको तस्बिर हटाउनुको ठोस कारण थाहा हुन सकेको छैन । चिसिएको हो सम्बन्ध ? रणवीर र दीपिकाको सम्बन्ध चिसिएको अनुमान फ्यानहरूले गरेका छन् । यस विषयमा सिंह दम्पतीले कुनै प्रतिक्रिया दिएका छैनन् । तस्बिर हटाएपछि फ्यानहरूले प्रश्नको ओइरो लगाएका छन् ।
इन्ष्टाग्राममा २०२३ को जनवरी पछिका रणवीर सिंहका सबै पोष्टहरू छन् । तर त्यस अघिका सबै पोस्ट हटाइएको छ । रणवीर र दीपिकाले सन् २०१८ को नोभेम्बर १४ मा दुवैले इटालीमा धूमधामसँग बिहे गरेका थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution