काठमाडौं ३, असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले महाधिवेशन लगत्तै पहिलो पार्टी बन्ने गरी काम गर्ने बताएका छन्। सोमबार अनेमसंघ (समाजवादी) को मुखपत्र विमोचन कार्यक्रममा उनले अहिले पार्टीमा विचारको कुनै मतभेद नरहेको भन्दै महाधिवेशनबाट नै पहिलो पार्टी बन्नेगरी काम गर्ने दाबी गरे ।
अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन। किनभने समाजवादलाई झण्डा फहराउँदै अघि सार्ने पार्टीको नाम नै हो ‘नेकपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी’। समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं। त्यसैले पहिलो दिनदेखि नै पाइला त्यतै सारेका छौं।’
‘हामी महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौं जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्दैछ। यसका निम्ति हाम्रा सम्पूर्ण नेता र कार्यकर्ताहरुको कुनै एउटाको होइन्। सामूहिक बुद्धिबाट नै हामीले दस्तावेजहरू अगाडि सारिरहेका छौं,’उनले भने।
उनले नेपाली समाजको रुपान्तरणका लागि वर्तमान निर्वाचन प्रणाली र संरचना परिवर्तन गर्न आवश्यक रहेको बताए। अहिलेको व्यवस्थामा पनि महिलामाथिको हिंसा र दलितमाथिको अत्याचार पीडादायी रहेको भन्दै सुधार गर्न जरुरी रहेको उनको भनाई छ। उनले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि समाजवादी मोर्चा हुँदै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि बढ्ने बताए।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution