


नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण,सक्कली भुटानी शरणार्थीका नेता एवं अधिकारकर्मी टेकनाथ रिजालको बयान आज हुने भएको छ।
बयानका लागि विभिन्न बाहाना बनाउँदै आएका खाणसहित रिजाल र काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान आज लिइने भएको हो। आज तीन जनाको बयान सकिए आज पक्राउ परेका अदालती सबैको बयान सकिनेछ।
हिजो बिहीबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान लिइएको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो। बिहीबार यस गिरोहमा संलग्न एकजना फरार प्रतिवादी हरिभक्त महर्जन पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ। अझै १२ आरोपी फरार रहेको प्रहरीले जनाएको छ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution