काठमाण्डौ, २० जेष्ठ । गीतकार सबिता पोखरेलको नयाँ गीत ‘एक चिम्टी सिन्दूर’ सार्वजनिक भएको छ । अन्जु पन्तको स्वर, सरोज कोइरालाको संगीत, विष्णु अधिकारीको संगीत संयोजन र विप्लव अधिकारीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा सागर लम्साल ‘बले’, अन्जली अधिकारी र समिक्षा क्षेत्रीको त्रिकोणात्मक कथा जोडिएको छ । माया प्रेमभित्र समेटिएको रोदनमा ‘एक चिम्टी सिन्दूर’को महत्व र अभावलाई झल्काइएको छ । ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन् कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषयहरू जोडिएका छन् ।
नवराज उप्रेतिको छायाँकन, नवीन उप्रेतीको सम्पादन रहेको भिडियोमा मेकअप आर्टिष्टको रुपमा सविना उप्रेती हुनुहुन्छ भने कला ग्रेडिङको काम मिलन विश्वकर्माले गर्नुभएको छ । गीतको भिडियो म्युजिक खबर यूट्यूब च्यानलमार्फत् सार्वजनिक भएको हो ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution