


काठमाण्डौ,५ गते । नयाँ पुस्ताकी चर्चित गायिका अनु चौधरीले आफ्नो २५ औं जन्मदिन नेपाल बालसेवा फाउन्डेसन संगमचोक नयाँ बानेश्वरमा अनाथ बालबालिकाहरूलाई पाठ्य सामग्री सहयोग गर्दै खाना खुवाएर धुमधाम संग मनाईन ।
नेपाल बालसेवा फाउन्डेसन रहेका सयौँ अनाथ बालबालिकाहरूलाई पाठ्य सामग्री सहयोग तथा खाना खुवाएर उनले आफ्नो जन्मदिन मनाएकी हुन् । उनले आफ्नो जन्मदिन बालसेवा फाउन्डेसनमा मनाइरहंदा उनले आफ्नो बाल्यकाल सम्झेर भावुक पनि भईन,।

उनि भन्छिन महँगो रेस्टुरेन्ट क्लबमा गएर लाखौँ रकम खर्चेर जन्मदिन मनाउनु भन्दा यसरि अनाथ बालबालिकाहरूलाई पाठ्य सामग्री सहयोग तथा खाना खुवाएर आफ्नो जन्मदिन मनाउँदा एकदम आनन्दको अनुभूति गरेकी छु, केहि पुण्य कर्म गर्न पाएकोमा खुशी पनि छु, साथै आफ्नो बाबा ममिलाइ एकदम सम्झिएकि छु ।

साथै सबैले आफ्नो जन्मदीनमा फजुल खर्च गरेर मनाउनु भन्दा यसरि जन्मदिन मनाउन सबैलाई आग्रह गर्दछु भन्छिन गायिका अनु । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा एकदम चर्चामा छिन गायिका अनु चौधरी, उनले यसरि जन्मदिन मनाएर सबैलाई एक सीख पनि दिएकि छिन । हाम्रो तर्फबाट पनि गायिका अनु चौधरीलाई जन्मदिनको ब्यापक शुभकामना ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution