काठमाण्डौ,१२ साउन । माओवादीसहितको सरकार बन्दा नेपाली कांग्रेसले त्यो प्रवृत्तिको चस्मा लगाएको थियो भने त्यस अघि कांग्रेस र माओवादी नेतृत्वको सरकार बन्दा एमालेले त्यस्तो षड्यन्त्र भइरहेको देख्ने गर्थ्यो । पछिल्लो सत्ता समीकरणमा फेरबदलपछि नेपाली कांग्रेस र एमालेको अगुवाइमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको छ ।
ओली नेतृत्वको सरकार बनेपछि कांग्रेस–एमालेले राजनीतिक स्थिरता देखिरहेका बेला सत्ता बाहिर रहेका दलहरूले भने ‘षड्यन्त्र’ देखिरहेका छन् । उदाहरणका लागि नेकपा एमालेबाट झण्डै तीन वर्षअघि ओली प्रधानमन्त्री भएकै बेला विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालको पछिल्लो अभिव्यक्तिलाई लिन सकिन्छ ।
बिहीबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध भयानक षड्यन्त्र भइरहेको भनेर पार्टीपंक्तिमा तरङ्ग ल्याउने प्रयास गरे । तर उनले कसले र किन आफ्नो पार्टीविरुद्ध षड्यन्त्र गरिरहेको छ भन्ने कुरा खोजी र विश्लेषणकै विषय रहेकाले नेता कार्यकर्ताहरूलाई सजग बन्न निर्देशन दिए ।
हाम्राविरुद्ध अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्नेकुरा सुन्नमा आइरहेको छ’, उनले भने, ‘त्यो कति सत्य हो, कति असत्य हो ? थाहा छैन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले सुन्नमा आएका कुराहरू कति सत्य र कति असत्य हुन् भन्ने कुरा ‘भनेर’ पनि नहुने भएकाले खोल्न जरुरी नरहेको बैठकमा सुनाएका थिए ।
‘लेखेर र बोलेर पनि हुँदो रहेनछ । त्यसको थोरै विश्लेषण गर्नुपर्ने रहेछ’ अध्यक्ष नेपालले भइरहेका षड्यन्त्रका बारेमा जानकारी हासिल गर्नुपर्ने र त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गरे ।
‘यसअर्थमा विभिन्न राजनीतिक दलहरू र राजनीतिक शक्तिहरूसँग हामीले संवाद जारी राख्नुपर्छ,’ अध्यक्ष नेपालको आशय थियो । यसअघि एमाले माओवादी समीकरणमार्फत प्रचण्ड प्रधानमन्त्री भएका बेला नेता नेपालको पार्टी पनि सरकारमा थियो । तर असार १७ गते कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सात बुँदे सहमति भएर ओली प्रधानमन्त्री बनेसँगै माधव नेपालको पार्टी प्रतिपक्षमा पुगेको छ ।
ओलीले साउन ६ गते विश्वासको मतका लागि गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै गर्दा पनि अध्यक्ष नेपालले ढुक्क हुने अवस्था नरहेको बताएका थिए । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीलाई शुभकामना दिँदै अध्यक्ष नेपालले राजनीतिक स्थिरताका नाममा दुई ठुला दल मिल्नु नराम्रो नभए पनि मुलुकले अर्को ‘जंगबहादुर’ नखोजेको धारणा राखेका थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution