काठमाण्डौ, ७ भाद्र । आज दयाकीखानि मातापाथिभराको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेवी :पाथीभरा नमोस्तुते, जयजय करुणादेवी, संकटहरणी नमोस्तुते माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, पुष्प चढाएर हरेक कामको सुरुवात गरौँ,।
परिवारमा माताको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ । ॐ श्री पाथिभरा देब्यै नम : माताले हामी सबैको कल्याण गरुन…..।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । हिम्मत बढ्ने र आकस्मिक धन लाभ हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक र पदप्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुने र शुभकार्यको चर्चा चल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । घर भित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार, व्यवसायमा पर्याप्त लाभ पनि मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रविधि मार्फत आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बन्न लागेको काम बिग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । स्वास्थ्य प्रति सजग र सचेत पनि रहनु पर्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभ समाचार सुन्न पाइएला । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला। कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभहानी,आयव्यय, सुखदुस्ख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। सामान हराउने भय पनि छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution