


काठमाण्डौ,६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच अमेरिकामा भेटवार्ता हुने भएको छ। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका दुवै समकक्षीबिच स्थानीय समयअनुसार साँझ ५ः ३० बजे भेटवार्ता हुने कार्यतालिका रहेको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई प्रधानमन्त्री बिचमा आजै भेटवार्ता हुनेछ । तर त्यो समयमा तलमाथि हुने सम्भावना रहेको पनि स्रोतले जनाएको छ । अमेरिकामा राष्ट्रसङ्घको कार्यक्रममा भाग लिन पुगेका दुई प्रधानमन्त्रीका बिचमा साइडलाइन वार्ताका लागि नेपालबाट निकै ठुलो प्रयास भएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वयं त्यो प्रयासमा लागेकी थिइन् । लामो प्रयासपछि शुक्रवार मात्र भेटघाटलाई कार्यतालिकामा राखिएको छ ।
यो साइडलाइन वार्ता यसअघि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनको समयमा थाइल्यान्डमा हुने तय भएको थियो । तर त्यहाँको राजनीतिक अवस्थाका कारण उक्त बैठक स्थगित भएको छ ।
त्यसपछि दुई प्रधानमन्त्री बिचको भेटवार्ता अमेरिकामा हुने तय भएको थियो । त्यसका लागि भारतको तर्फबाट भने समय मिलेको थिएन । परराष्ट्र मन्त्रालयका अधिकारीहरू भन्छन्– ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छोटो समयका लागि अमेरिका जाने भएका कारण समय मिलाउन गाह्रो भइरहेको थियो ।’ अन्य स्रोतले भने पछिल्लो समय प्रधानमन्त्री ओलीले भारतका बारेमा लगातार दिइरहेको अभिव्यक्तिका कारण मोदीले भेट्न नचाहेको दाबी गरेको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution