काठमाडौँ,१५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेका छन् । असोज १० देखि १२ गतेसम्म परेको वर्षाले काठमाडौँ उपत्यकासहितका जिल्लामा जनधनको ठुलो क्षति भएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत राहत प्याकेज घोषणा गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरणसमेत सार्वजनिक गरेर राहत प्याकेज घोषणा गरेका हुन् । प्रधानमन्त्री ओली सोमबार अमेरिका भ्रमण सकेर स्वदेश फिर्ता भएलगत्तै मन्त्रिपरिषद् बैठक राखेर विपत्तिमा निधन भएका परिवारका सदस्यलाई कार्यविधि अनुसार जनही दुई लाखका दरले सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यसबाहेक प्रधानमन्त्रीसहित मन्त्रीहरूको १ महिनाको तलब राहतकोषमा जम्मा गर्ने र आजबाट तीन दिन राष्ट्रिय शोक घोषणासहित आधा राष्ट्रिय झण्डै झुकाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution