काठमाडौं,१८ असोज । गुरूङ समुदायको घाँटुको कथामाथि निर्माण हुन लागेको फिल्म ’जूनकिरी’ को छायाँकन धमाधम भइरहेको छ । दीप फिल्म्स् प्रोडक्सन ग्रुपले निर्माण गर्न लागेको फिल्म असोज १५ गतेबाट छायांकनमा आएको हो । दशैं अगाडि काठमाडौंमा छायाँकन रहने यो चलचित्रले गोरखाको क्होला आरुबोटमा पुगेर घाटुको बारेमा छायाँकन गर्नेछ ।
त्यस्तै गोरखाको भच्चेक, सिरानडाँडा, निम्की, सिरानचोक लगायतका रमणीय स्थानमा छायाँकन गर्नेछ । फिल्ममा अभिनेता सुरज तमु र अभिनेत्री लक्ष्मी गुरूङ मुख्य भूमिकामा रहका छन् । सुरजले ‘ऊनको स्वीटर, गोरखा वारियर, एन्जिला, सारङ्गगा, नैना’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । एक दशकदेखि रङ्गकर्ममा सक्रिय सुरजले ‘स्कुल, चालिसे भीर’ लगायतका नाटक निर्देशन तथा २ दर्जन नाटकमा अभिनय गरिसकेका छन् ।
लक्ष्मीको यो दोस्रो फिल्म हो । यसअघि ’नैना’ फिल्ममा उनले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् भने थुप्रै म्युजिक भिडिओमा काम गरिसकेकी छन् । फिल्ममा सुरज र लक्ष्मीसहित माओत्से गुरुङ, अनिल सुब्बा, कविता आले, सुमन बैरागी, प्रतीना राई, प्रविन मगर, सुस्मिता गुरुङ, माया गुरूङ, समर्पण श्री र सौजन सेन्ह्याङ लगायतको पनि अभिनय रहनेछ ।
निर्देशक दीप गुरूङको यो दोस्रो फिल्म हो । उनले यसअघि फिल्म ‘नैना’ निर्देशन गरेका थिए‘। उनले दर्जनौं म्युजिक भिडिओ निर्देशन गरिसकेका छन् । फिल्म काठमाडौंमा संघर्ष गरिरहेको फोटो पत्रकाररको यात्रा र अनुभूतिको कथामा केन्द्रित रहनेछ ।
गुरुङहरूमाथि पहिल्यैदेखि नाच्दै आएको घाँटुको फोटो खिच्न जाँदा घट्ने घटना र भेटिने सम्बन्धहरूले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ । एउटा अन्धकार रातमा जूनकिरीले उज्यालोसंग संघर्ष गरेझैं अहिलेको समयमा घाटुले पनि यस्तै संघर्ष गरिरहेको छ‘।
त्यसकारण पनि हामीलाई यो कथा भन्न आवश्यक लाग्यो,’ कलाकार तमु भन्छन् । गुरुङ भाषामा घाँटु भनेको घाउ सिलाउनु हो । फिल्ममा भरत राई र सुरज तमुको कथा तथा केर कोइँच लिनुचको पटकथा छ । फिल्ममा कलाकार अनिल सुब्बा एक्टिङ निर्देशकका रुपमा छन् । फिल्ममा योगेश दाहालको छायाँकन रहेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution