


काठमाडाैं, २३ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी दरबार छाडेको दुई दशक पूरा हुन लागेपनि नेपाली जनताको जीवनस्तरमा सुधार आउन नसकेको बताएका छन् । बुधबार विजयादशमी २०८१ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले खुसी हुन र रमाउन दसैँ नै पर्खनु पर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने रहर भए पनि त्यो पूरा हुन नसक्दा दुःख लाग्नु स्वाभाविकै भएको बताएका छन् ।
‘जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ’, पूर्वराजाले भनेका छन्, ‘तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ ।’
उनले नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको पनि जिकिर गरेका छन् । निरन्तरको परनिर्भता र ऋणको भारले थिचिएको छ । हाम्रो गाउँबस्ती र शहरी क्षेत्र क्रमशः “युवा शक्ति विहीन” बन्दै गइरहेको छ । आज मुलुकमा युवाशक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन’, उनको भनाइ छ,।
हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौँ । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुट राख्ने हाम्रो चाहना हो । उनले बाह्य शक्तिराष्ट्रहरुको दबाब र दुष्प्रभाव बढ्न नहुनेमा जोड दिँदै भनेका छन्,।
यो देशमा अरूको खेल मैदान नबनोस्, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यान दृष्टि थियो र सधैँ हुनु पर्दछ । पूर्वराजाले उल्लास र उमङ्गको यो सामाजिक पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूमा दसैँको शुभकामना दिएका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution