काठमाण्डौ,२३ असोज । चितवनका गायक तथा संगीतकार दीपकराज विश्वकर्माको दसैं गीत सार्वजनिक भएको छ । गीतमा विश्वकर्मालाई गायिका अनु चौधरीले स्वरमा साथ दिएकी छन् ।भरतपुर–१५ मङ्गलपुरका दीपक करिब एक दशकदेखि सुगम संगीतमा सक्रिय छन् ।
सुगम संगीतमा थुप्रै चर्चित गीत पस्किइसकेका दीपकराज यसपटक लोक संगीतमा दसैं गीत ल्याएका हुन् । कुनै समय चितवनको सिनर्जी एफएममा प्राविधिक तथा कार्यक्रम प्रस्तोताको रूपमा काम गरेका दीपक हाल गीतसंगीतमा सक्रिय छन् ।
‘दसैं आयो’ बोलको गीतमा रोशनराज भट्टराईको शब्दमा दीपक स्वयम्ले संगीत भरेका छन् । गीतको भिडियोमा भने काव्या खड्का, लभकुश खाती, निहारिका थापा, उदित थापा, रेश्मा नेपाल र पुष्पा थापाको अभिनय रहेको छ ।
उक्त गीतको भिडियो दीपकराज विश्वकर्माको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । दसैं नेपालीहरुको संस्कृतिसँग जोडिएको महान पर्व भएकोले पर्वलक्षित गीत ल्याएको गायक तथा संगीतकार दीपकको भनाइ छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution