काठमाडौं,२४ असोज । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । बुधवार महानगरपालिकाका नगरप्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो । मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको छ ।
धर्मशाला बाहिर भने मारवाडीहरुले नाराजुलुस लगाएका थिए । महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो । महानगर प्रहरीले १० बजेसम्म धर्मशाला खालि गराउन माइकिङ गरेपनि नहटाएपछि महानगरप्रहरीले खालि गराएको हो ।
त्यसअघिको पत्रकार सम्मेलनका क्रममा बोल्दै मारवाडी सेवा समिति नेपालका अध्यक्ष रमेश ताडिन्याले महानगरले धर्मशालामा कुनै गतिविधि गर्न नहुनेप्रति सचेत गराए । उनले अदालतमा मुद्दाको पूर्णपाठ नआएको र अहिले अदालत विदामा रहेकाले पूर्ण पाठ आइसकेपछि पुरावेदन गर्न पाउने अधिकार दिनुपर्ने माग गरे । नगरप्रहरीले धर्मशाला खाली गराउन खोजेपछि मारवाडीहरूसँग केहीबेर प्रतिवाद समेत भएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution