काठमाण्डौ, १ कार्तिक । जुनसुकै बेला धर्मशालाका नाममा बनेका संरचना हटाउन सक्छौँ : मेयर बालेन्द्र शाह, पशुपतिनाथ परिसरको गौशालास्थित धर्मशालाका अनधिकृत भत्काउन पुगेका काठमाडौं महानगरपालिकाका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएपछि मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले सरकारसंग जवाफ माग गरेको छ।
बुधबार दिउँसो धर्मशालामा पुगेका डोजरलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर राखेको थियो। उक्त विषयमा आपत्ति जनाउँदै मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जुनसुकै बेला धर्मशालाका नाममा बनेका संरचना हटाउन आफूहरू कटिबद्ध रहेको जिकिर गरे।
उनका अनुसार, पशुपति धर्मशालाको सञ्चालन र व्यवस्थापनका लागि महानगरले जिम्मा पाएको छ। जस अनुसार, पशुपति क्षेत्र विकास कोषले सञ्चालनको जिम्मेवारी दिइसकेको छ। अर्को महत्त्वपूर्ण विषय चाहिँ धर्मशाला क्षेत्रमा अनधिकृत रुपमा बनेका संरचना भत्काउनु पनि रहेको शाहको भनाइ छ।
दिउँसो नियन्त्रणमा लिइएका डोजरहरू नजिकै (एक सय मिटर पर) रहेको वडा कार्यालयमा राखिने र जुनसुकै बेलामा पनि त्यसले आफ्नो काम गर्नसक्ने उनले बताए। पशुपति गौशाला धर्मशालामा काठमाडौं महानगरपालिकाले गत असोज २३ गते आफ्नो बोर्ड राखेको थियो।
महानगरले उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि महानगर प्रहरी र वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेर बोर्ड राखेको थियो।
तर, उक्त कार्यप्रति मारवाडी सेवा समितिले आपत्ति जनाएको थियो।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution