


काठमाडौँ,५ कार्तिक । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले भ्रष्ट एमालेलाई रु.१ सहयोग भन्दै विरोध प्रदर्शन गरेको छ। नेकपा एमालेको पार्टी कार्यालय निर्माणको लागि रु.१ सहयोग सङ्कलन भन्दै अखिल क्रान्तिकारीले आइतबार नेपाल ल क्याम्पस अघि साङ्केतिक विरोध प्रदर्शन गरेको हो।
उक्त प्रदर्शनीमा एमाले पार्टी कार्यालय निर्माण गर्न आम जनताबाट प्रतिकात्मक रूपमा रु.१ उठाइएको छ। प्रदर्शनकारीहरूले ‘भू माफिया प्रधानमन्त्री केपी ओली’, ‘भ्रष्ट एमालेलाई रु. १ सहयोग’, ‘तपाई जनताको प्रधानमन्त्री की भ्रष्ट व्यापारीको ?।
महाकाली सम्धीले अझै पुगेन प्रधानमन्त्री ज्यु, कति भ्रष्टाचार गर्छौ ?’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका छन्। भाटभेटनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाइदिने भनेपछि अखिल क्रान्तिकारीले कमिसनमा मोलाहिजा भएको भन्दै विरोध जनाएको हो।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution