काठमाडौँ,२० कार्तिक । साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए । उता सोही समयमा जापानमा बस्ने एक जना भ्लगरले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरे । सो भिडियो धेरैले हेरेका छन् ।
कार्तिक १४ मा सो भिडियो पोस्ट गर्ने भ्लगर हुन्, रतन कार्की । २० वर्षीय कार्की विद्यार्थी भिसामा जापान गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टोकियोमा बस्ने भ्लगर कार्कीबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।
चितवनको भरतपुर घर भएका कार्कीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘मुद्दा दर्ता गरेर पक्राउ पुर्जी लिने र इन्टरपोललाई पत्राचार गर्ने प्रक्रिया भइरहेको छ ।’
सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले भनेका छन्,तपाईंहरु फुटबल हेर्दै हुनुहुन्छ म अर्कै चिज हेर्दैछु, आज हामीले मार्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घेरेर बस्ने हो भने मार्न सकिन्छ, आज गरिएन भने हामी धेरै पछुताइन्छ ।’ उनको सो भनाइ प्रधानमन्त्रीप्रति लक्षित थियो ।
रंगशालमा काठमाडौँका मेयर बालेनको समर्थन र प्रधानमन्त्रीको विरुद्धमा नाराबाजी गर्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । नाराबाजी गर्नेहरूमा नारायण विष्टसहित ५–६ जना थिए । उनीहरू रास्वपा समर्थक रहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनले भने, ‘नाराबाजी गर्नेहरूको पहिचान गरेका छौँ, उनीहरूबारे अनुसन्धान भइरहेको छ । नाराबाजी गर्नेहरुविरुद्ध पक्राउ अनुमति लिएर पक्राउ गर्ने प्रहरीको तयारी छ । समाचार रातोपाटी बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution