काठमाण्डौ २३ कार्तिक । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा एक बस र इलेक्ट्रिक हायसको एकआपसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको इलेक्ट्रिक हायस (नम्बर बा.प्र. ०६–००१ ज. ०२९८) र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बस (नम्बर बा.प्र. ०३–००१ ख. २८१२) आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको चितवन प्रहरीले पुष्टि गरेको छ।
प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालका अनुसार, दुर्घटनामा हायसमा सवार चार जनाको मृत्यु भएको छ। मृतकहरूमा गोर्खा जिल्लाको आरुघाट-१ मान्बु निवासी ४० वर्षीय राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षीया एक महिला, र अन्दाजी ३०–३५ वर्षका दुई पुरुष रहेका छन्। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी जानकारी दिएका छन्।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution