काठमाण्डौ ४ मंगसिर । मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई फेरी प्रहरीले मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको छ। उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्बभन्दा बढी नेपाली रुपैंयाको लगानी रहेको दाबीसहित भिडिओ जारी गरेका थिए। त्यसमा प्रधानमन्त्री ओलीको नाम नागरिकता बमोजिमको छैन भने हस्ताक्षर पनि किर्ते छ।
प्रसाईंलाई प्रहरीको साइबर ब्युरोको कार्यालय भोटाहिटीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले प्रसाईलाई घरबाट नियन्त्रणमा लिएको हो। प्रसाईंलाई प्रहरीको साइबर ब्युरोको कार्यालय भोटाहिटीमा लगिएको छ।
यो चाल पाएका प्रसाईंले लेखेका थिए,‘हिजो मैले कम्बोडियामा केपी ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेसँगै मलाई यो राज्य सत्ताले फेरि झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको छ। मलाई साइवर क्राइम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गरे पनि सचेत र चनाखो रहन आग्रह गर्दछु। राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागि तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution