काठमाण्डौ ५ मंगसिर । प्रसाईंविरुद्ध कागजात कीर्ते, साइबर क्राइम, मानहानीको कसुरमा अनुसन्धान गर्दै मुद्दा चलाइने सीआईबीको तयारी, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन कसुरमा मुद्दा चलाउने तयारी गरको छ।
सीआईबीको टोलीले प्रसाईंलाई मंगलबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो। उनलाई आजै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेस गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबी गर्दै प्रसाईंले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए।
भिडियोमा प्रयोग गरिएको सामाग्री नक्कली रहेको दाबी गरिएको छ। प्रसाईंसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ। प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ गरेका थिए।
विभिन्न व्यक्तिलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीको आधारमा प्रसाईं त्यतिबेला पक्राउ परेका थिए। उनी त्यति बेला ९ दिन हिरासत बसेर एक लाख धरौटीमा रिहा भएका थिए।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution