काठमाण्डौ,१६ मंगसिर । एक हप्ता अघि विवाह बन्धनमा बाँधिएकी अभियन्ता गिभिना मगरलाई अकल्पनीय बज्रपात परेको छ । उनले २४ घण्टाको अन्तरालमा आमा र भाइलाई गुमाएकी छन् । गिभिनाकी आमाको शुक्रबार सवारी दुर्घटनामा मृत्यु भएको थियो । लगत्तै शनिबार भाइले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–२५ म्याम्दीमा ग २ ख १४६० नम्बर ट्रकले जेब्रा क्रसिङमा ठक्कर दिँदा गिभिनाकी आमा ५५ वर्षीया धनकुमारी बुढाको मृत्युु भएको थियो । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा धनकुमारीलाई पोखराको मणिपाल अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।
सोही घटना घटेको २४ घण्टा नपुग्दै भाइ घरभित्रै मृत भेटिएका हुन् । उनलाई आज बिहान झुण्डिएको अवस्थामा फेला पारिएको थियो । गिभिनाका भाइले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गर्यो । आत्महत्याको कारण खुलाइएको छैन ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution