काठमाण्डौ १७ मंगसिर । गाेरखा नगरपालिका-५ काे वडाध्यक्षमा माओवादी केन्द्रका बिष्णुबहादुर मगर निर्वाचित भएका छन् । उनले ४८६ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भाई काजी आले बने । आलेले ४०२ मत पाएका छन् ।
नेकपा एमालेकी दूर्गा कुमारी रानाले ३४५ मत पाइन् भने रास्वपाका मंगलबहादुर थापाले ८२ मत पाए । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनबाट विजयी बनेका खिलबहादुर रानाको निधन भएपछि उपनिर्वाचन भएको हो । कुल २२ सय २५ मतदाता रहेको यस वडामा १३ सय ७३ मत मध्ये १८ मत बदर भएको थियो ।
बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीका रूपेश मगरातीले १० मत मात्र पाएका छन्। उपनिर्वाचनअन्तर्गत गण्डकी प्रदेशमै यस वडामा मात्र चुनाव भएकाे हाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution