काठमाडौं, ४ पुष । पूर्वप्रधानमन्त्री (प्रचण्ड) द्वारा सरकारलाई आग्रह, रवि लामिछानेमाथि गरिएको अमानवीय, व्यवहार रोकियोस, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले रबि माथि अमानवीय ब्यबहार गरेको छ त्यो रोक्नु पर्छ भन्दै आग्रह गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि गरिएको अमानवीय र प्रतिशोधपूर्ण व्यवहार रोक्न सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनले अदालतबाट दोषी ठहर नभएका र अत्याधिक जनमतद्वारा निर्वाचित सभापति लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् । उनले भनेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’
सहकारी ठगी आरोपमा लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । मङ्सिर २० मा मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा लगेको थियो ।सोहि कारण लामिछानेलाई अमानविय व्यवहार गरेको भन्दै आलोचना भइरहेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution