काठमाडौँ, १४ पुष । फिल्म देववाणीको यूनिटले मेडिकल व्यबसायी तथा अभियन्ता दुर्गा प्रसाईसँग भेटघाट गरेको छ । दुर्गाले गरिब र असहायको मुद्धा बोकेको र फिल्म देववाणीले पनि सोही प्रकृतिका समाजमा घटेका अन्याय र अत्याचारका विषयलाई उठाएको भन्दै फिल्मको निर्माण यूनिटले व्यबासाई दुर्गासँग भेटवार्ता गरेको निर्देशक बाबु बलामीले जानकारी दिए । फिल्मकी निर्मात्री तथा नायिका अनुजा लेप्चाका अनुसार व्यबसायी प्रसाईले आइतबार चाबहिलमा रहेको केल टावरमा दिउसो २ बजेको शो हेर्नेछन् ।
यही बुधबारबाट सार्वजनिक प्रर्दशनमा आएको फिल्मलाई दर्शकले साथ दिइरहेको निर्माण यूनिटले जनाएको छ । ‘देववाणी’ नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। फिल्मको प्रचार प्रसारका लागि बलिउड अभिनेताद्वोय ह्यारी जोश र कुन्दन भारद्वाज काठमाडौंमा छन् । ह्यारी जोशले भारतीय फिल्म वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङलगायतमा काम गरिसकेका छन्। मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको समेत अभिनय छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution