काठमाडौं, १४ पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेस्थित व्यक्तिबाट सरकारले कब्जा गरेको जग्गाको मुआब्जा अहिलेसम्म नदिएको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । कोटेश्वर महोत्सवलाई शुक्रवार सम्बोधन गर्दै मेयर शाहले पचासौँ वर्षदेखि व्यक्तिको जग्गा लुटिए पनि सरकारले त्यसबारे चासो नदिएको बताएका हुन् ।
जग्गाधनीलाई विशेष धन्यवाद पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन’, उनले भने, ‘व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । मुआब्जा दिन चाँडै प्रक्रिया होस् भन्ने शुभकामना मात्रै दिन सकिन्छ ।
मेयर शाहले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमै रहँदा समेत मुआब्जा विवाद समाधान नभए कहिल्यै नहुने तर्क गरे । ‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै,पैसा आफ्नै स्रोतसाधन आफ्नै । हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ अहिले पनि काम भएन भने कहिल्यै हुँदैन’, शाहको भनाइ छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution