काठमाडौं, १८ पुष । चर्चित बाल गायक सचिन परियार अब यो संसारमा रहेनन् । उनको उपचारको क्रममा काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीवार बिहान करिव १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् । उनको निधन भएको अस्पतालले पनि पुष्टि गरेको छ ।
अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका बाल गायक परियारको कम्मर मुनिको उनको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।
अघिल्लो वर्ष नै टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ मा पुगेको समयमा पनि सचिन राम्रोसँग बोल्न सक्ने अवस्थामा थिएनन् । उक्त कार्यक्रममा छोरासहित पुगेका उनका बुबा तेजेन्द्र परियारले सचिनलाई नसामा समस्या भएको बताएका थिए । थेरापी गर्दा अझै अवस्था बिग्रिएको उनको भनाइ थियो ।
यसैबीच, आज बिहीवार बिहानमात्र सचिन परियार नाम गरेको यूट्युब च्यानल उनका बुवाले विक्री गरेको खबर प्राप्त भएको छ । उनले यो च्यानल किन विक्री गरे ? भन्ने बारेमा स्पष्ट जानकारी प्राप्त भएको छैन । सञ्चारकर्मी निशा सिग्देलले पनि सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै बाल गायक परियारको निधनको बारेमा जानकारी गराएकी छिन् ।
निशाले लेखेकी छिन्– ‘अन्ततः रहेनन् सचिन परियार । उनको आज बिहान १० बजे मृत्यु भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन् । सचिन बाबुको स्वर्गमा बास होस हार्दिक श्रद्धाञ्जली ।’ लामो समयदेखि अस्वस्थ रहेका बाल गायक परियारलाई उपचारका लागि केही दिनअघि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगसमेत मागेको थियो । भाइरल बाल गायकका रुपमा स्थापित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् ।
सचिनले महानायक राजेश हमालसँग एउटा म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए । रातो रबर एक, रुमाल खस्छ की, के छ र हजुर, बरको छाँयाले आदि उनले गाएका लोकप्रिय गीतहरु हुन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution