


काठमाण्डौ १९ पुष । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टाको लामो भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न सोमबार बुढानीलकण्ठस्थित उनको निवास पुगेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको हो।
नेकपा (एमाले) को आन्तरिक राजनीतिक सन्तुलन, भावी रणनीति र समसामयिक राजनीतिक घटनाक्रमको विश्लेषणलाई भेटको मुख्य एजेन्डाका रूपमा हेरिएको छ। पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै आएकी भण्डारीसँग प्रधानमन्त्री ओलीले समयसापेक्ष सुझाव लिएको बताइएको छ।
आफ्नो कार्यकालमा महिला सशक्तीकरण र राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी पूर्व राष्ट्रपति भण्डारीले अहिले पनि एमाले नेतृत्वको रणनीतिक परामर्शमा जोड दिँदै सक्रिय भूमिका खेल्ने संकेत देखिएको छ।
भेटको क्रममा एमालेभित्रका चुनौती, राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाको पुनः व्याख्या, र समसामयिक विषयहरूमा ठोस नीति बनाउन आवश्यक विषयमा गहन छलफल भएको श्रोतले जनाएको छ। यस भेटलाई एमालेभित्रको राजनीतिक पुनर्गठन र आगामी निर्वाचन लक्षित रणनीतिक योजनासँग जोडेर पनि हेरिएको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution