काठमाण्डौ २४ पुष । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा मात्र हुने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले राष्ट्रिय सभामा अहिले एमालेको बहुमत नभएकाले तत्काल संविधान संशोधन सम्भव नभएको स्पष्ट पारे।
उनले भने, “अहिले राष्ट्रिय सभामा हाम्रो बहुमत छैन। २०८७ सालमा एमालेको बहुमत पुग्नेछ, अनि त्यतिबेला संविधान संशोधन गर्नेछौं।” तर, ओलीको यो भनाइपछि बैठकमा केही केन्द्रीय सदस्यहरूले २०८३ साल हुनुपर्ने हो कि भनेर प्रश्न उठाए। एक सदस्यले भने, “अध्यक्षज्यूले २०८३ भन्न खोज्नु भएको हो कि झुक्किनुभयो?”
तर, जवाफमा अध्यक्ष ओलीले २०८७ सालमै संविधान संशोधन हुने कुरा दोहोर्याए। यता, कांग्रेस र एमालेबीच यसअघि असार १७ गते भएको ७ बुँदे सहमतिमा संविधान संशोधन पनि उल्लेख गरिएको थियो। अहिले दुबै पार्टीले कार्यदल बनाएर तयारी गरिरहेका छन् भने अन्य दलहरूले पनि यसबारे सुझाव दिन समिति गठन गरिसकेका छन्।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution