


काठमाण्डौ २६ पुष । मेलम्ची नगरप्रमुख श्रीआइतमान तामाङज्युको अध्यक्षतामा क्षयरोग मुक्त पालिका घोषणा अभियानका लागि पालिका स्तरीय अभिमुखिकारण तथा समिती गठन कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अधिकृत श्री दुर्गा बजगाईं लगायतको सहभागी रहेको कार्यक्रममा नगर प्रमुख तामाङले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको साझेदारीमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान आ.व. २०८१/८२ देखि मेलम्ची नगरपालिकामा लागु गरेको जानकारी गर्नु भयो ।

यस महान अभियानलाई मुर्तरूप दिन सम्पूर्ण जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, नागरिक समाज, युवा, राजनीतिकर्मी, समाजसेवी तथा सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहेकोले यस पालिकालाई क्षयरोग मुक्त बनाउन सहभागी हुन अपील पनि गर्नु भयो । साथै सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सरोकारवाला लगायतले अभियान लागूगर्ने प्रतिबद्ध समेत गरेको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution