काठमाण्डौ ६ माघ । सिन्धुपाल्चोक- नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।
यस्तै एभरेष्ट मार्सल आर्ट काठमाडौँ पाँच स्वर्ण, पाँच रजत र तीन काश्यसहित दोस्रो भएको प्रतियोगिता आयोजक समितिका संयोजक एवं नेपाल गोजु–रियो कराँते–दो सङ्घका केन्द्रीय सचिव सानुबाबु गिरीले जानकारी दिए । पाँच स्वर्ण, एक रजत र एक काश्य प्राप्त गरेको शङ्खडोल डोजो गोकर्णेस्वर नगरपालिका, काठमाडौँ तेस्रो भएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताको शुक्रबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution