काठमाडौं,२६ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले कृषि अनुदानमा करोडौं हिनामिना भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले सबै प्रकारका कृषि अनुदान संसदमा पेश गर्न माग गरे । ‘कृषि अनुदान चाहे सरकारको होस् चाहे विदेशी दातृ निकायको होस् सम्पूर्ण अनुदान यो हाउसमा पेश होस्’ उनले भने ।
कृषि अनुदान पहुँचका आधारमा वितरण हुने गरेका कारण हिनामिना भएको उनको भनाइ छ । ‘त्यो अनुदान (कृषि अनुदान) दुरुपयोग भइराखेको छ । प्रदेश सरकारका मन्त्री, नातागोता र हामी माननीयहरुबाट पनि त्यो अनुदान आफ्नो फर्मबाट करोडौं हिनामिना भएको छ । त्यसको उचित जाँच होस्’ उनले भने ।
अनुदानमा मुछिएको पाइएको खण्डमा मन्त्री र सांसदहरुलाई समेत कारबाही गर्नुपर्ने उनको माग छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution