काठमाण्डौ, २ चैत्र । अमेरिकी प्रशासनले ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने नयाँ सूची तयार गर्दैगरेको समाचार द न्यु योर्क टाइम्सले दिएको छ । प्रस्तावमा भुटानलगायत ११ देशका नागरिकमाथि पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ ।
यस सूचीमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, नर्थ कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुगला र यमन रहेका छन् । यसैगरी भिसा दिन कडाइ गरिने मुलुकहरूको सूचीमा बेलारुस, एरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सियरा लिओन, दक्षिण सुडान र तुर्कमेनिस्तान रहेका छन् ।
यस्तै ६० दिनभित्र अमेरिकी चासो सम्बोधन नगरे प्रतिबन्धको सूचीमा पर्नसक्ने मुलुकहरूमा अङ्गोला, एन्टिगुवा, बर्बुडा, बुर्किना फासो, कम्बोडिया, केमरुन, केप डेर्ड, चाड, रिपब्लिक अफ कङगो, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो रहेका छन् ।
यसैगरी यस सूचीमा डोमिनिका, एक्वेडोरियल गिनी, गाम्बिया, लाइबेरिया, मलाबी, माली, मोरिटानिया, सेन्ट किटस एन्ड नेबिस, सेन्ट लुसिया, साओ तोमे एन्ड प्रिन्सिपे, भानुताउ र जिम्बावेलाई पनि ६० दिनभित्र चासो सम्बोधन नगरे यात्रा प्रतिबन्ध लगाइने सूचीमा राखिएको छ ।
टाइम्सले ट्रम्प प्रशासनको एक अधिकारीलाई उद्धृत गर्दै प्रस्तावित सूचीमा संशोधन हुनसक्ने उल्लेख गरेको छ । समाचार yohokhabar.com बाट
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution