काठमाण्डौ,५ चैत्र । काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा दिपेन्द्र सोनाम चयन भएका छन् । महासंघको तेस्रो जिल्ला अधिवेशनले सोनाम अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सोनामको नेतृत्वको कार्यसमिति उपाध्यक्षमा सृजना तामाङ, कोषाध्यक्षमा अजय पुर्कुटी, सचिवमा रोहित श्रेष्ठ र सहसचिवमा विमल मोक्तान सर्वसहमतीमा चयन भएका छन् ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधीमा रुद्र केसी, रामचन्द्र कोईराला, सृजना तामाङ, तेज बहादुर तामाङ, निर्मल श्रेष्ठ तथा प्रेम थिङ गरी ६ जना चयन गरेको छ भने बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा कुवेर भट्टराई, अजय पुर्कुटी, ओम ब. गिरी, प्रमिता राज घतानी, दिनेश सुन्दास, सन्तोष कुँवर, सन्चमान तामाङ र देवेन्द्र घले गरी ८ जना सर्वसम्मत निर्वाचित भएका छन् ।
महासङ्घको जिल्ला अधिवेशन नेपाली काँग्रेसका सिन्धुपाल्चोकका जिल्ला सभापति जंग बहादुरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यस्तै सांकृतिक महासंघका केन्द्रीय अध्यक्ष तिर्थ बहादुर थापा, नेपाली काँग्रेसका सिन्धुपाल्चोकका महासमिति सदस्य बंशलाल तामाङ, सांकृतिक महासंघका केन्द्रीय सदस्य सर्मिला बोहोरा, पुजा दाहाल, सांकृतिक महासंघका बागमती प्रदेश कार्यसमिति अध्यक्ष राजेन्द्र खत्री , बागमती प्रदेश कार्यसमिति सचिव तथा बरिष्ट कलाकार प्रभाकर देव शर्मा, नेपाली काँग्रेस सिन्धुपाल्चोकका महाधिवेशन प्रतिनिधी विल बहादुर तामाङ, उद्धव बानियाँ तथा जिल्ला प्रवक्ता नवराज भट्टराई लगायतका नेतृत्वको अधिवेशनमा उपस्थिति रहेको थियो।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution