काठमाडौँ, ५ चैत्र । सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न प्रमुख दलका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा पूर्वमहान्यायधिवक्ता समेत रहेका एमाले नेता अग्नि खरेललाई नियुक्त गरेसँगै आयोग गठनको तयारीस्वरुप प्रमुख दलका नेताहरूबिच छलफलको तयारी भएको हो ।
केही दिन अघि प्रधानमन्त्रीका सल्लाहकार खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर छलफल गरेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र सल्लाहकार खरेलबिचको छलफलमा अवरुद्ध प्रक्रिया अघि बढाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन ढिला गर्न नहुनेबारेमा कुराकानी भएको थियो ।
माओवादी अध्यक्ष प्रचण्डसँग टीआरसीका बारेमा छलफल भएको हो’, खरेलले भने, ‘आजभोली नै प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल गरेर थप प्रक्रिया कसरी अघि बढाउने तयारी हुँदैछ । सोमबार नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबिच छलफल गर्ने तयारी भएपनि प्रचण्डको समय अभावले रोकिएको खरेलको भनाइ छ ।
सोमबार तीन नेताबिच छलफल गर्ने कुराकानी भएको थियो । तर प्रचण्डको समय अभावले हुन सकेन’, उनले रातोपाटीसँग भने, ‘आजभोलि समय मिलाएर तीन नेताबिच छलफल हुने कुरा छ । राष्ट्रिय मानवअधिकार आयोगले फागुन तेस्रो साता प्रधानमन्त्रीलाई पत्राचार गर्दै अवरुद्ध सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अघि बढाउन,सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन गर्न आग्रह गरेको थियो । त्यसअघि परराष्ट्रमन्त्री आरजु राणासँग पनि आयोगले अवरुद्ध सङ्क्रमणकालीन न्याय प्रक्रियाबारे छलफल गरेको थियो ।
सरकारले गत कात्तिकमा दुवै आयोग गठनका लागि सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेपनि थप प्रक्रिया सुरु भएर पनि रोकिएको थियो । त्यसपछि मंसिर मसान्तमा समिति अध्यक्ष मिश्रले आयुक्तहरूको नाम सिफारिस गर्न असफल भएको भन्दै नेपाल सरकारलाई सुरुबाटै प्रक्रिया थाल्न सुझाव दिएका थिए । समाचार रातोपाटी बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution