सुशासनको लागि त कुरा गर्नुपर्यो, भन्न त नहुने, सुशासन पटक्कै छैन :नेपाली कांग्रेसक नेता शेखर कोइराला, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा भएपछि सुशासन भने नरहेको बताएका छन् । आज (बिहीबार) गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशमा सुशासन नरहेको बताएका हुन् ।
हामी सरकारमा छौं, नेपाली कांग्रेस सरकारमा छ। हामीले सुशासनको लागि त कुरा गर्नुपर्यो, भन्न त नहुने, सुशासन पटक्कै छैन भनेपनि हुन्छ,’– नेता कोइरालाले भने ।
कांग्रेस–एमाले गठबन्धन सरकारले योग्यताको आधारमा नभएर आफूलाई मन परेको आधारमा कर्मचारीको नियुक्ति र बढुवा गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन लागेको खण्डमा मेरिट लिस्टको ३ नम्बरमा रहेको व्यक्तिलाई नियुक्ति गरिदिने गरेको उनले सुनाए । कांग्रेस सत्तापक्ष भएपनि सरकारमा रहेको भान नरहेको उनले बताए ।
‘नेपाली कांग्रेस हामी सत्तापक्षका मानिसहरु हौं । तर, हामी सरकारमा छैनौं । सरकारमा हुने मन्त्रीज्यूहरुले सहकार्य गर्नुहोस् एमालेसित हामीलाई केही आपत्ति छैन । त्यो गर्नैपर्छ । हामीहरुको संविधान नै यस्तै छ, निर्वाचन प्रणाली नै यस्तै छ । मिलिजुली सरकार नभइकन हुँदैन । जो सत्ता पक्षमा छौं, तर सरकारमा छैनौं । हामीहरुको जिम्मेवारी यो सरकारलाई, नेपाली कांग्रेसलाई एमालेलाई र जनतालाई खबरदारी गर्ने जिम्मेवारी तपाईँ हामीको हो,’– उनले भने ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution