


काठमाण्डौ, १८ चैत्र । मेलम्ची नगरपालिका र काठमाडौं मेडिकल कलेज (KMC) को सहकार्यमा सिन्धुपाल्चोकको मेलम्चीमा गत फाल्गुन २६ गते आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट सिफारिस गरिएका विभिन्न रोगका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गरिएको छ।

शिविरमा स्वास्थ्य परीक्षणपछि गम्भीर शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूलाई छनोट गरिएको थियो। ती बिरामीहरूको काठमाडौं मेडिकल कलेजमा आवश्यक औषधि बाहेक सम्पूर्ण उपचार तथा शल्यक्रिया निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको हो ।

यो कार्यक्रम विशेष गरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवासँग पहुँच सुनिश्चित गर्न सहकार्य लागि मेलम्ची नगर आइतमान तामाङले बताउनु भयो । मेलम्ची नगरपालिकाको आयोजना तथा KMC को प्रविधिक सहयोगमा सञ्चालन भएको शिविरले धेरै बिरामीहरूको स्वास्थ्य सुधारमा योगदान पुर्याउने मेलम्ची स्वास्थ शाखाका प्रमुख पशुराम श्रेष्ठले विश्वास ब्यक्त गर्नु भयो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution