काठमाण्डौ,२७ जेठ । ‘हामी यस्तो किन भयौँ ? हाम्रो देश नेपाल आफैमा एक अद्भूत सुनको कचौरा हो,अरुसँग भिख माग्दै छौँ, हाम्रो इतिहास, विरासत यस्तो होइन’ प्रचण्डले भने ।
‘नेपाल प्रकृतिले दिएको साधन स्रोतका दृष्टिकोणले गरिब विल्कुल छैनौँ । प्रकृतिले दिएको कुरा भन्ने हो भने तराई मधेसदेखि पहाड, हिमालसम्म विविधता त्यसको उत्पादकत्व र स्रोतहरूको दृष्टिकोणले धेरै धनी छौँ । तपाईँहरूले सुन्नु भएको होला विदेशका कयौँ बौद्धिक अर्थशास्त्रीहरूले नेपाल सुनको कचौरा लिएर भिख मागेर हिँडेको छ भन्ने गर्छन् ।
नेपाल आफैमा सुनको कचौरा जस्तो छ ’ प्रचण्डले भने, ‘हामी धुनियाभरि रोजी रोटीको निम्ति जान बाध्य छौँ । सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्था छ । यो एउटा विडम्बना हो । नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो ।’ देशमा उर्वर जमिन, हरियो जङ्गल र हिमालबाट पर्यटनको प्रचुर सम्भावना रहेको प्रचण्डले बताए ।
कृषिबाट उत्पादन वृद्धि गरेर निर्यातमुखी अर्थतन्त्र बनाउन सकिने उनले बताए । ‘हामी यस्तो किन भयौँ ? आजको प्रश्न वा गहिरो गरी घोत्लिनु पर्ने यही निर छ । हाम्रो इतिहास र विरासत यस्तो होइन’ प्रचण्डले भने, ‘अरू ठुला देशहरू वैदेशिक हस्तक्षेपको बुटमुनी कुल्चिदा हामी स्वतन्त्र भएको इतिहास छ ।
वीरता र बलिदानको दृष्टिकोणले हेर्ने हो भने नेपालीहरू विश्वभर ख्याति कमाएका हौँ ।’ नेपालीहरू बहादुरी र वीरतामा डराउने जाति समेत नभएपनि आर्थिक दृष्टिकोणले पछि परेको प्रचण्डले बताए । ‘हामी यस्तो किन भयौँ ? नेपाल सुनको कचौरा हो, अरुसँग भिख माग्दै छौँ, हाम्रो इतिहास, विरासत यस्तो होइन’ प्रचण्डले भने ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution