काठमाण्डौ, २० चैत्र । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं कमलादीस्थित आफ्नै कार्यालय भवनमा ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त योजना कार्यक्रमा कोरियाबाट निराजन ढकालले जि मनी ट्रान्समार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउँदा यो योजनाअनुसार आफूले पठाएको रकमको १८ गुणा गरी ७ लाख ५४ हजारभन्दा बढी जित्न सफल भएका थिए।
सो रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर जितु नेपालको उपस्थिति थियो । सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही पाँच सयको सिटी पे वालेट टप्अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो।
जसअन्तर्गत १६२० जनाले दैनिक उपहार (५०० को वालेट टप्अप), २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन) जित्न सफल भइसकेका छन्।
सोही कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ। हरेक वर्ष नयाँ नयाँ विषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस वर्ष भने आर्थिक समृद्धिको विषय वस्तुमा क्यालेन्डर तयार पारेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेसले सिटीपे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सञ्चालन गरेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ। साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution