काठमाडौं, २७ जेठ ।
अमेरिकामा मृ;त्युसँग संघर्ष गर्दै विवेक, पत्नी सिर्जना भन्छिन मेरो हौसला टुटेको छैन एक एकदम कारुणिक दयानिय समाचार भिडियो, सुन्दर श्रीमतीसँग बेढंगी पाराले नाच्ने एक युवकलाई टिकटकमा नोटिस गर्नुभएको छ ? पक्कै हुनुपर्छ । तर, धेरै भयो उनीहरुले त्यसरी रमाइला भिडियो नबनाएको ।
विवेक पंगेनी र उनकी पत्नी सिर्जनाको अमिल्दो नृत्यलाई रमाइलो मान्दै हेर्नेहरु धेरै थिए । तर, उनीहरुको जीवनमा अहिले रमाइलो गायब छ । चौंथो स्टेजमा पुगेको ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका छन् विवेक । श्रीमानलाई बचाउन आफ्नो सबै बलबुता खर्चिरहेकी छन् सिर्जना ।
पढाइमा तेज विवेक भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा करिब ७ महिनाअगाडि अमेरिका गएका थिए । पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि करिब साढे दुई महिना अगाडि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।
अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि छाँगाबाट खसे झैं भए विवेक र सिर्जना । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।
भाइ विपीन पंगेनीका अनुसार अमेरिकाको अस्पतालमा विवेकका दुईवटा सल्यक्रिया भएका छन् र ७० प्रतिशत ट्युमर निकालिएको छ । तर, बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयसम्म गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटरबाटै सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनीहरुका लाखौं शुभचिन्तकले प्रार्थनामात्र होइन, आर्थिक सहयोग पनि गरिरहेका छन् । गो फन्डमार्फत अहिलेसम्म १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको छ । बैंक खातामा पनि केही सहयोग आएको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution