काठमाण्डौ, २३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले ३५ वर्षसम्म देश लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने आफ्नो पार्टी र सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन् ।
लामिछानेलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गर्ने क्रममा प्रहरीले ‘अन्तिम इच्छा के छ ?’ भनेर सोधेको प्रसंग कोट्याउँदै सो कुरा बताएका हुन् । चितवनमा आयोजित पार्टीको जनयात्राको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, ‘अन्तिम इच्छा के छ भनेर सोधियो ।
रवि लामिछाने र पार्टीको अन्तिम इच्छा सुनाउन चाहन्छु । किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । युवा पलायन रोक्ने र रोजगारी सिर्जना गर्ने इच्छा छ । दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । ३५ वर्षसम्म लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने इच्छा छ ।
उनले एक जना व्यक्तिलाई ५–७ वर्षदेखि पटक–पटक लखेटिरहेको बताए । उनले टिभीमा हुँदा लखेटेर चितवन लिए पनि चितवनले सशक्त विद्रोह गर्दै न्याय दिलाएको स्मरण गराए ।
लखेट्न नहुनेलाई लखेटिरहेको छ । विगतमा लखेट्दा देशको चौथो ठुलो पार्टी र रविलाई देशको उपप्रधान र गृहमन्त्री बनाइयो,’ उनले भने, ‘तिनीहरूलाई हेक्का छैन ।
न्यायालयको प्रक्रिया र आदेशलाई मान्छु भनेर न्यायालयप्रति हार्दिकता देखाउँदा पनि साढे ७ बजे आदेश १० बजे पक्राउ गर्नुपर्ने, त्यो पनि गुण्डागर्दी शैलीसँगै, बेडरुमसम्म पुगेर दुर्व्यवहार गरियो । प्रहरीको शैलीको विरोध गर्दै उनले गृहमन्त्रीलाई खबरदारी गरे । रविको मुटुमा रगत नभएर तेजाब रहेको र यसले उनीहरूलाई जलाउने चेतावनी पनि दिए ।
दियो मसाल बनेको छ, डढेलो लागेको छ, ८४ मा तिमीहरू खाक बन्दैछौँ,’ उनले भने । उनले सिमराबाट फर्कँदा विमानमा रवि लामिछानले भनेको कुरा उद्धृत गर्दै भने, ‘सभापति नहुँदा खल्लो भएको छ । १५ मिनेटको फ्लाइटमा सँगै सभापतिज्यूले भन्नुभएको थियो–यो समय पनि बितेर जानेछ, आउने दिन सुनौलो दिन हुनेछ । तर यिनीहरूको यो समय बितेर जान दिनेछैनौँ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution