काठमाण्डौ, २५ चैत्र । दिल्लीको चाणक्यपुरी निवासी प्रियंका आफ्नो हुनेवाला पति निखिलसँग गत बिहीबार घुम्न गएकी थिइन् । ‘इङ्गेजमेन्ट’ गरिसकेका उनीहरूको विवाह चाँडै नै हुने निधो भएको थियो । कापसहेडास्थित ‘फन एन्ड फुड भिलेज’ मा प्रियंका र निखिल ‘रोलर कोस्टर’मा चढेका थिए ।
यस क्रममा ‘रोलर कोस्टर’को एउटा ‘स्ट्यान्ड’ भाँचिएको थियो । प्रियंका ‘रोलर कोस्टर’बाट तल खसिन् । गम्भीर घाइते अवस्थाकी उनलाई निखिलले नजिकैको अस्पतालमा उपचारका लागि लगेका थिए । नाक र कानबाट रक्तश्राव भएको अवस्थामा अस्पताल लगिएकी उनलाई चिकित्सकले मृत घोषित गरे ।
निखिलले पार्क व्यवस्थापनको लापर्बाहीका कारण प्रियंकाले ज्यान गुमाउनु परेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । शव परीक्षणपछि प्रियंकाको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।समाचार रातोपाटि बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution