काठमाण्डौ,२७ चैत्र । सरकार ढल्छ भनेर हल्ला गर्नेहरु थाकिसके ८४ को चुनावसम्म सरकर एक इन्च हल्लिँदैन : प्रधानमंत्री के पी ओली, केपी शर्मा ओलीले वर्तमान सरकार ‘मजबुद सरकार’ रहेको बताएका छन् । आज (मंगलबार) सिराहामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार ढल्छ भनेर हल्ला गर्नेहरु नै थाकिसकेको बताए ।
यो सरकार आगामी ०८४ को चुनावसम्म टसमस नहुने उनको दाबी छ । सरकारले संविधानको रक्षा गर्दै जनतालाई सुशासन र समृद्धि दिने उनले बताए । ‘सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके । यो मजबुद सरकार हो,’– प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले अब १५ महिना आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि पूर्वसहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि बताए । ‘यो सरकार चुनावसम्म टसमस हुँदैन । अबको १५ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु,’– उनले भने ।
साथै,एमालेलाई कसैले हल्लाउन नसक्ने पनि उनले बताए । पार्टीप्रति जनताको उत्साह रहेकोबाट एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा पुष्टि हुने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बताए ।
फरक प्रसंगमा उनले राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताए । चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएको उनको भनाइ छ । उनले भने, ‘तपाईँहरु ढुक्क हुनुस्– राजतन्त्र कुनै हालतमा फर्कँदैन । एमाले र कांग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution